किटिनी माध्यमिक विद्यालय स्थापना वि. सं. २००४ देखि नै उत्कृष्टताको लागि प्रयासरत छ । हामी सँग प्रारम्भिक वाल शिक्षा (नर्सरी) देखि कक्षा १२ सम्म विभिन्न धारमा कक्षाहरू संचालित छन् ।
असल सिकाइ वातावरण तथा योग्य र प्रशिक्षित शिक्षक समुह हाम्रा विशेषताहरू हुन् । पूर्वाधार र सुविधाहरू हामी निरन्तर रुपमा स्तरोन्नति गरिरहेका छौं । हामीले कक्षा र प्रयोगशालालाई डिजिटलाइज गरेका छौं । हाम्रो विध्यार्थी भर्ना निरन्तर बढदो तहमा छ ।
हाम्रो विध्यालयमा विद्यार्थीहरू लाई पाठ्यक्रम गतिविधिहरू, सह-पाठ्यक्रम गतिविधिहरू र विभिन्न क्लबहरू मार्फत समग्र विकासका अवसरहरू प्रदान गरिन्छ । हामी विद्यार्थीहरूमा सकारात्मक मानसिकता स्थापित गर्ने, प्रत्येक व्यक्तिको आत्म-पहिचान, रुचि, र अद्वितीय क्षमताको कदर गर्ने कुरामा सचेत छौं ।
विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न निरन्तर सहयोग गर्नु हुने विद्यालयका शिक्षक तथा विद्यार्थी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, गोदावरी नगरपालिका, सरकारी निकाय, गैर- सरकारी संस्था र समुदाय प्रति हामी आभारी छौं ।
धन्यवाद।
सरोज कुमार के. सी.