शिक्षा मानव जीवनमा सबै सफलताको मुख्य आधार हो । शिक्षाको मूल उद्देश्य भनेको विद्यार्थीको सर्वाङ्गीण विकास गर्नु र उनीहरूलाई आफ्नो क्षमताको अन्वेषण गर्न सक्षम बनाउनु हो । हामी हाम्रा विद्यार्थीहरूलाई उनीहरूको क्षमताको उजागर गर्न गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं । मेरो विचारमा विद्यालय व्यवस्थापन समिति, सहयोगी अभिभावक र गुणस्तरीय शिक्षा दिनको लागि अथक प्रयास गर्ने समर्पित शिक्षकहरूको संयुक्त प्रयासले यो सम्भव भएको हो ।
किटिनी माध्यमिक विध्यालयले आफ्नो स्थापना २००४ साल देखिनै गुणस्तरीय शिक्षाका लागि पहल गर्दै आएको छ । यस विद्यालयको शैक्षिक सेवाको गौरवशाली इतिहास रहेको छ र बदलिँदो शैक्षिक सन्दर्भमा पनि निरन्तरता दिइ रहेको छ।
किटिनी माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूको आकांक्षा पूरा गरेको छ र विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएकोमा मविश्वस्त छु । व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघ, गोदावरी नगरपालिका लगायत सरकारी निकाय, शिक्षक तथा विद्यार्थी वर्ग लगायत सरोकारवालाहरू प्रति धन्यवाद ज्ञापन गर्दछु।
धन्यवाद।
बाल मुकुन्द घिमिरे